आर्थिक

प्राइम कमर्सियल बैंकको शाखा अब काठमाडौंको  तारकेश्वरमा

काठमाण्डौ । आफ्नो शाखा संजाल बिस्तारको क्रममा आज प्राइम कमर्सियल बैंकले काठमाडौंको तारकेश्वर नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ६८ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका बिच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शाखा कार्यालय तारकेश्वरको समुद्घाटन गरका छन् ।

यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेको छ ।

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त,आत्मीय र ग्राहकमुखी बनाउने बैंकको योजना रहेको प्रमुख कार्यकारी अधिकृत नारयणदाश मानन्धरले बताए ।