समाचार

विधान समस्यौदा समिति गठन

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले उपाध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा विधान मस्यौदा समिति गठन गरेको छ ।

हालै धनकुटामा सम्पन्न प्रदेश अध्यक्षरमहासचिव र शाखा अध्यक्षको राष्ट्रिय सम्मेलनले महासङ्घलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजान दिएको निर्देशनसहितको मार्गनिर्देशनलाई पूरा गर्न सो समिति गठन गरिएको हो ।

महासङ्घद्वारा आज यहाँ जारी विज्ञप्तिमा सम्मेलनले आगामी फागुन ९ र १० गते कास्कीको पोखरामा केन्द्रीय साधारणसभा तथा विधान अधिवेशन आयोजना गर्ने निर्णय गरेको जनाएको छ ।

सो अधिवेशन आयोजना गर्न महासङ्घका अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा केन्द्रीय समिति, गण्डकी प्रदेश समितिका पदाधिकारी, गण्डकी प्रदेशका शाखा अध्यक्ष रहेको मूल आयोजक समिति गठन गरेको विज्ञप्तिमा जनाएको छ ।

साथै श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र समानुपातिक विज्ञान नीति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षणसमेत महासङ्घले विज्ञप्तिमार्फत गराएको छ ।