खेलकुद

टाेटनह्यामकाे एभर्टनमाथि फराकिलाे जित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटलबको १८ औं चरण सकिँदा टोटनह्याम हट्सपर तेस्रो स्थानमा रहेको छ । आइतबार रातिको खेलमा ११ औं स्थानको एभर्टनमाथि ६–२ गोल अन्तरको फराकिलो जित निकालेको हो ।

एभर्टनले सुरुवाती अग्रता लिए पनि जोगाउन नसक्दा फराकिलो हार व्यहोर्न बाध्य भयो । २१ औं मिनेटमा थियोट वाल्कटले गोल गर्दै एभर्टनलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर टोटनह्यामले पहिलो हाफमै ३ गोल थपेको थियो । २७ औं मिनेटमा सन हिंयुन मिङले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ३५ औं मिनेटमा बेमडेले अलिले गोल गरेपछि टोटनह्यामले २–१ को अग्रता बनाउन सफल भएको थियो ।

लगातार एभर्टनमाथि गोल गर्ने क्रममा ४२ औं मिनेटमा हेरि केनले टिमकालागि तेस्रो गोल ४२ औं मिनेटमा गरेका थिए । पहिलो हाफमा ३–१ ले अग्रता बनाएको टोटनह्यामले दोस्रो हाफमा पनि ३ गोल थप्दा १ गोल खाएको थियो । ४८ औैं मिनेटमा क्रिस्टिन इरिकसनले गोल थप्दै टोटनह्यामलाई ४–१ को अवस्थामा पुर्याए ।

५१ औं मिनेटमा एभर्टनका जिल्फ थोर सिगरशनले गोल फर्काउँदै टोटनह्यामको अग्रता ४–२ मा झारेका थिए ।

६१ औं मिनेटमा सन हिंयुन मिङले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोल गर्दा ७४औं मिनेटमा हेरि केनले पनि व्यक्तिगत दोस्रो तथा टिमका लागि छैटौं गोल गरेका थिए ।