कर्णाली प्रदेश

कालिकोटको न्यौपाने बस्तिमा भिषण आगलागी, ३० घर जलेर नष्ट

कालीकोट । कालीकोटको पलाता गाउँपालिका–१ खाडा गाउँको न्यौपाने बस्तीमा आगलागी हुदा अहिलेसम्म ३० घरे जलेर नष्ट भएका छन् ।

आइतबार मध्य रातिदेखि भएको आगलागीबाट ठूलो धनजनको क्षति भएको बताइएको छ । आगो अझै नियन्त्रणमा आउन सकि रहेको छैन् । मध्य राति आगलागी शुरु भएपनि क्षतिको यकिन हुन सकेको छैन ।

इलाका प्रहरी कार्यालय थिर्पु र पचालझरना गाउँपालिकाको जारकोट इलाका प्रहरी चौकीबाट त्यहाँ प्रहरी खटाइएको बताइएको छ । प्रहरीलाई सो ठाउँमा पुग्न चार घण्टाको समय लाग्ने भएकाले त्यहाँ भएको क्षतिको यकिन विवरण आउन अझै केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए ।

गए रातिदेखि टेलिफोन सम्पर्क पनि राम्रो नभएका कारण घटनाको सत्यतथ्य बुझ्न पनि निकै कठिन भएको चन्द्रको भनाई छ । पलाता गाउँपालिकाका उपाध्यक्ष दाना न्यौपानेको गाउँमा रहेका सबै घर जलेको हो । जिल्ला सदरमुकामबाट ३२ कोषको दूरीमा पर्ने उक्त बस्तीमा सदरमुकामबाट पीडितलाई उद्धार गर्न सशस्त्र प्रहरी पनि खठाइएको छ ।

गए राति नै पलाता गाउँपालिकाको निर्माण कार्यदल त्यहाँ पुगेको छ । सुख्खा क्षेत्र भएको र फुसको छाना भएको बस्तीमा आगलागी हुँदा आगो नियन्त्रण बाहिर गएको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए ।