राजनीति

कांग्रेस सभापति देउवाले भने, ‘अब पार्टी एक ढिक्का भएर आगाडि बढ्छ, कसैले हराउन सक्दैन’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब कांग्रेस एक ढिक्का भएर आगाडि बढने बताएका छन् ।

कांग्रेस महासमिति बैठक सकिए लगत्तै  समाजिक संञ्जाल ट्वीटरमा  टुवीट् गर्दै सभापति देउवाले पार्टीको विधान संशोधनले पार्टीमा नयाँ रक्त संचार गराउने समेत दावि गरे ।

सभापति देउवाले हप्ता दिनभन्दा लामो समयसम्म महासमिति बैठकमा सक्रिय रुपमा सहभागि भएका महासमिति सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले टुवीटरमा लेखेका छन, ‘हप्ता दिनभन्दा लामो समयसम्म महासमिति बैठकमा सक्रिय रुपमा सहभागि हुनु भएका सबै महासमिति सदस्य साथिहरुलाई धेरै धेरै धन्यवाद । अव पार्टी एक ढिक्का भएर प्रभावकारी रुपमा अघि बढ्नेछ । विधान शंसोधनले पार्टीमा नयाँ रक्त संचार गराउने छ ।’

यस अघि आईतवार महासमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीको विधानमा नेपालको संविधानले व्यवस्था गरे अनुसारका समावेशीताका सबै क्लष्टरको व्यवस्था गरिएको समेत बताएका थिए । उनले विधानमा गरिएको समावेशीता अनुसार गाउँगाउँमा पुगेर पार्टीको सदस्यता बढाउन कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका थिए ।

सम्बोधनकै क्रममा सभापति देउवाले अब आगामी निर्वाचनमा कांग्रेसलाई कसैले पनि हराउन नसक्ने ठोकुवा समेत गरे ।