अन्तर्राष्ट्रिय

कङ्गोको निर्वाचन एक हप्ता पछि सारियो

संयुक्त राष्ट्रसंघ । लोकतान्त्रिक गणतन्त्र कंगोमा हुन लागेको निर्वाचन एक हप्ता पछाडी सारिएको छ ।  यही डिसेम्बर २३ तारिख सोमबारका दिन गर्ने तय भएको निर्वाचनलाई आगामी डिसेम्बर ३० मा गर्ने गरी तय गरिएको यहाँको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन सारिएको प्रति प्रश्न गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले विश्वसनीय निर्वाचनका लागि चासो राखेको छ ।
देशको निर्वाचन आयोगले गत बिहीबार निर्वाचन पछाडी सार्ने निर्णय गरेपछि राष्ट्रसंघले चासो देखाएको हो । कंगोमा लामो समयपछि राष्ट्रपतिय, संसदीय र प्रादेशीक निर्वाचन हुन लागेको छ ।
परिषद्का तर्फबाट जारी गरिएको वक्तव्यमा ढिलो भएपनि निर्वाचन निष्पक्ष, विवादरहित र स्वतन्त्र हुने विश्वास गरिएको छ ।
“कंगोका जनताले स्वतन्त्रतापुर्वक मत हाल्न र आफ्ना प्रतिनिधि निर्भयपुर्वक छान्न पाउछन् भन्ने हाम्रो विश्वास छ,” वक्तव्यमा भनिएको छ ।
सुरक्षा परिषद्का सदस्यहरुले वार्ता र छलफललाई निरन्तरता दिदै सकारात्मक टुंगोमा पु¥याउन कंगोका राजनीतिक दलहरुलाई सुझाव पनि दिएका छन् ।
निर्वाचन नजिकिदै गर्दा कंगोका राजनीतिक पार्टीहरुका बीचमा विवाद हुदै आएका छन् भने कतिपय दिन हिंसात्मक र अशान्त क्रियाकलापहरु भएका छन् ।
सन् २०१६ को डिसेम्बर ३१ मा निष्पक्ष, विश्वसनीय र स्वतन्त्र निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्न कंगोका दलहरुले सहमती गरेका थिए ।