मनोरञ्जन

‘कोपिला‘ को चितवनमा शुभ मुहुर्त सँगै छाँयाकन

पौष । चलचित्र ‘कोपिला’को शुभ मुहुर्त गरिएको छ । शिवम अधिकारीको लेखन तथा निर्देशनमा बन्ने चलचित्रको आइतबार चितवनको हाकिमचोकमा रहेको मलिका मन्दिरमा मुहुर्त गरिएको हो । मुहुर्त कार्यक्रममा उद्धयोग वाणिज्य संघ चितवनका अध्यक्ष सहललाल प्रदान प्रमुख अतिथी रहेको थियो । शुभ मुहुर्त कार्यक्रममा वरिष्ठ चलचित्र कर्मी ऋिद्दीचरण श्रेष्ठले निर्देशन गरेका थिए भने उद्धयोग वाणिज्य संघ चितवनका अध्यक्ष प्रधानले क्ल्याप गरेका थिए ।

समाजसेवी गेरेन्द्र मानन्धरले नरिवल फुटाई मुहुर्त गरिएको थियो । कार्यक्रममा कलाकारहरु सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलले मुहुर्त सट दिएका थिए । मुहुर्त कार्यक्रममा बोल्दाइ उद्धयोग वाणिज्य संघ चितवनका अध्यक्ष प्रधानले ‘कोपिला’लाई सफलताको शुभकामना दिएका थिए । यस्तै निर्देशक तथा लेखक शिवम अधिकारीले ‘कोपिला’ हाम्रै गाउँ समाजमा घट्ने घट्नामा आधारित चलचित्र रहेको बताए । चलचित्रका प्रस्तुतकर्ता गणेश गिरीले यस अघी निर्माण गरेको पञ्चायत जस्तै कोपिला पनि सामाजिक कथा बस्तुमा आधिरित रहेको बताएका थिए ।

गणेश गिरिको प्रस्तुती रहेको चलचित्र कोपिलालाई चितवनका युवा व्यवसायी करुणकर घिमिरे र चलचित्र पत्रकार मणिराज गौतमले निर्माण गर्नेछन् । सुबासराज काफ्ले कार्यकारी निर्माता रहेको यस चलचित्रमा समिर मिया, रमेश्वर र मेनुका ढुंगाना सह निर्माताको रुपमा रहेका छन् ।

चलचित्रमा सरिता गिरी, गणेश गिरी, सन्जीवनी खरेल, ऋद्दीचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, प्रक्रिती खरेल, राखी क्षेत्री लगायतको अभिनय रहने छ । चलचित्रमा रमेश्वर कार्कीको छाँयाकन, समिर मियाको सम्पादन र दिपक शर्माको संगीत रहने छ । चितवन आसपासमा छाँयाकन गरिने चलचित्र कोपिला करिब ८० लाख लगानी निर्माण हुने प्रस्तुतकर्ता गणेश गिरीले बताए ।