गण्डकी प्रदेश

कालिका पत्रकारिता पुरस्कार प्रदान

बागलुङ । कालिका भगवती गुठी व्यवस्थापन समितिद्वारा स्थापित ‘कालिका पत्रकारिता पुरस्कार–२०७४’ बाट नेपाल टेलिभिजनका जिल्ला प्रतिनिधि किरण आचार्य र रेडियो नेपालका कोपिला कँडेल पुरस्कृत भए ।

आज आयोजित पुरस्कार समारोहमा बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले आचार्य र कँडेललाई जनही रु पाँच हजारसहित प्रमाणपत्र प्रदान गरे । कालिका भगवती मन्दिरको प्रवद्र्धनमा योगदान पु¥याएबापत पुरस्कार प्रदान गरिएको समितिका अध्यक्ष राजु खड्काले बताए ।

पुरस्कार ग्रहणपछि बोल्दै पत्रकार कँडेलले पत्रकारितामा थप क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे । पुरस्कार वितरण समारोहमा बोल्दै प्रतिनिधिसभा सदस्य पाठकले पुरस्कारले पत्रकारलाई उत्प्रेरणा थप्ने उल्लेख गरे ।