विचार/ब्लग

सत्य, निष्ठा र सादगीका प्रतिक अनि युवा पुस्ताका आदर्श हुन् किशुनजी

तारक प्रतिभा/नेपाली राजनैतिक वृतमा सत्य निष्ठा र सादगीका त्रिर्मृति कृष्णप्रसाद भट्टराईको जन्म पिता संकटाप्रसाद र माता ललितादेवीका कान्छा छोराका रूपमा वि.सं. १९८१ पौष कृष्ण द्वादशीका दिन भारतको बनारसमा भएको हो । नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनःस्थापना पश्चातका पहिला प्रधानमन्त्री किसुनजी वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न भएर राणा शासन अन्त्य र प्रजातन्त्र स्थापनामा महत्वपुर्ण भुमिका निर्वाह गरेका एक आर्दश राजनितिज्ञ अन्र्तगत पर्नुहुन्छ । उहाँ २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गर्दै वि.सं. २०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख हुनुभएको थियो ।

गान्धीवादी सन्त नेता मानिने श्रद्धेय नेता भट्टराई सिद्धान्तमा दृढ, अठोट र संकल्पका धनी व्यक्तित्व भएको कुरा उहाँले अंगालेको राजनैतिक निष्ठा र मुल्य प्रतिको अठोट र वर्तमानमा पनी उहाँप्रतिको आम जनमानसको श्रद्धाबाट प्रष्ट हुन्छ । स्पष्टवक्ता र सिद्धान्तनिष्ठा नेताका रूपमा परिचित किसुनजीको हरदम हँसिलो रहने सेन्स अफ ह्युमर उच्च रहेको पाईन्छ ।

उहाँ वि.सं. २०४६ को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेर नेपाल अधिराज्यको संविधान २०४७ निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्त्वपूर्ण दायित्व सफलता पूर्वक बहन गरेपनी आफू प्रधानमन्त्री हुँदै गराएको २०४८ को आम निर्वाचनमा आफैं काठमाडौँबाट पराजित हुनुभएको थियो । पछि २०५६ को आम निर्वाचनमा विजयी भएपछि पुनः प्रधानमन्त्री बनेपनि नेपाली काँग्रेस भित्रको आन्तरिक किचलोका कारण लामो समय काम गर्न पाउनुभएन । गान्धीवादी सन्त नेता मानिने श्रद्धेय नेता भट्टराई सिद्धान्तमा दृढ, अठोट र संकल्पका धनी व्यक्तित्व भएको कुरा उहाँले अंगालेको राजनैतिक निष्ठा र मुल्य प्रतिको अठोट र वर्तमानमा पनी उहाँप्रतिको आम जनमानसको श्रद्धाबाट प्रष्ट हुन्छ । स्पष्टवक्ता र सिद्धान्तनिष्ठा नेताका रूपमा परिचित किसुनजीको हरदम हँसिलो रहने सेन्स अफ ह्युमर उच्च रहेको पाईन्छ । गम्भीर समस्यालाई पनि सहज ढंगले समाधान गर्नसक्ने क्षमता उहाँमा रहेको थियो । पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले उहाँलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्छ ।

-तारक केसी

भारतको बनारसमा माता पिता निर्वाशित भएकै अवस्थामा जन्मेका कृष्णप्रसादको शिक्षा पनि बनारसमा नै भएको हो भटराईले काशी हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा बि.ए. सम्मको अध्ययन पूरा गरी सोही विषयमा एम.ए. तहको अध्ययन पनि गरेर भारतीय स्वतन्त्रता सँग्राममा सहभागी भएका कारण पक्राऊ थिए । स्नातकोत्तर तहको परीक्षा दिनबाट बञ्चित भएकाले अध्ययन पूरा हुन नसकेको देखिन्छ । युवाअवस्थामा पत्रकारिता समेत गरेर नेपाल पत्रकार महासंघको संस्थापक सभापति साथै सोभियत संघको कम्युनिष्ट पार्टिको अन्तरवार्ता लिने प्रथम विदेशी पत्रकार रहेको पाइन्छ ।

सन १९४२ को अङ्ग्रेज भारत छोड स्वतन्त्रता आन्दोलनमा सक्रिय सहभागी भएर पहिलो पटक अङ्ग्रेज सरकारबाट पक्राउ परेका उहाँ सन् १९४५ मा बनारस हिन्दू युनिभर्सिटी स्थित नेपाल छात्र संघको उपाध्यक्षका रूपमा रहेर नेपाली विद्यार्थीबीच राजनैतिक चेतना फैलाउने काममा सक्रिय रहका थिए । त्यसपश्चात नेपालको निरङ्कुशतन्त्र हटाउन आन्दोलन गर्नुपर्ने छलफल हुन थालेपछि बीपी कोइराला र अन्य केही तत्कालीन युवाहरूले पहिलेदेखि नै उक्त आन्दोलन हाँकेको पाईन्छ । नेपालको १०४ वर्ष लामो निरङ्कुश राणा शासन समाप्त पारेर संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले पहिलो पटक वि.सं. २००३ मा भारतको बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस नामक संस्था गठन भएको र देवीप्रसाद सापकोटाको सभापतित्वमा बनेको उक्त संस्थाका महामन्त्री रहेका भट्टराईले वि.सं. २००३ माघमा कलकत्तामा स्थापित नेपाली राष्ट्रिय कांग्रेसमा सँगठन मन्त्रीको पद सम्हाल्नुभएको थियो । नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेस मिलेर वि.सं. २००६ मा नेपाली काङ्ग्रेस गठनपछि सहमहामन्त्रीको जिम्मेवारी लिएको पाईन्छ ।

२०१७ पौष १ गतेका दिन थापाथलीमा सम्पन्न हुँदै गरेको तरुण दलको सभास्थलबाट तत्कालीन प्रधानमन्त्री बीपी कोइरालासँगै तरुण दलको अधिवेशन स्थल त्रिपुरेश्वरबाट पक्राउ परेपछि भट्टराईले निरन्तर १० वर्षसम्म जेल बस्नुपरेको थियो । त्यसपछि पनि पटक–पटक जेल परेका भट्टराईले आफ्नो जीवनमा १४ वर्षभन्दा बढी समय जेलमै बिताएका थिए । एक दशक भन्दा बढीे जेल जीवनबाट मुक्त हुने वित्तिकै २०२७ वैशाख ६ गते नेपाल विद्यार्थी सङ्घ स्थापना समारोहको उद्घाटन गरेका भट्टराईले विद्यार्थी आन्दोलनलाई सक्रिय पार्न विशेष योगदान दिएको गर्विलो इतिहाँस हाम्रासामु जगजाहेर छ ।

२०३४ मा भएको पटना सम्मेलनबाट बीपी कोइरालाले स्वस्थ्यको कारण देखाई भट्टराईलाई नेपाली कांग्रेसको कार्यवाहक सभापति बनाएपछि बीपी कोइरालाको निधनपछि २०३९ मंसिरमा गणेशमान सिंह निवास क्षेत्रपाटीमा सम्पन्न सम्मेलनबाट पुनः कार्यवाहक सभापतित्वमा समर्थित भएपछि करिब डेढ दशक कार्यवाहक सभापति कै रूपमा रहेर नेपाली काङ्गेसको नेतृत्व सञ्चालन गर्दै आठौं महाधिवेशन २०४८ बाट सर्वसम्मतिबाट सभापतिमा निर्वा्चित गरेपछि उहाँले २०५३ सम्म सभापतिको जिम्मेवारीमा रहेर नेपाली काँग्रेसको रथ हाँक्नुभएको थियो ।

सन्त नेता भटराईले नेपाली कांग्रेसको स्थापना कालदेखि नै बीपी कोइराला, सुवर्ण शम्शेर र गणेशमान सिंह तीनैजना नेताहरूसँग समान रूपले अत्यन्त जिम्मेवारीबोधका साथ अहिंसात्मक आन्दोलनबाटै प्रजातन्त्र स्थापना गर्न सकिन्छ भन्ने दृढ अठोट र सङ्कल्प बोकेर काम गर्नुभएको घटनाक्रमहरुले सिद्ध गरेका छन् ।

आजीवन अविवाहित रहेर सन्त प्रवृत्तिको भएकाले किसुनजीलाई सन्त नेता भनेर पनि सम्वोधन गर्ने गरेका छन् । अत्यन्तै सादा जीवन भएका भट्टराई कहिलेकाँही छाता मात्र लिएर हिँड्ने गरेको उहाँका समकालीनहरुले बताउने गरेका छन् । २०४८ को निर्वाचनमा पराजित भएपछि बालुवाटारस्थित प्रधानमन्त्री निवास छोडेर निस्कँदा हातमा छाता र कुमण्डलु लिएर पैदलै निस्केको कुरा उहाँको ’मेरो म’ नामको आत्मबृत्तान्तमा उल्लेख गरिएको छ ।

नेपाली समाजको स्वाधिनता, समानता र सर्वागिंण विकासका लागि आजीवन चिन्तन र प्रयत्नशिल, राजनैतिक निष्ठा र मुल्यका उहाहरणिय व्यक्तित्व कृष्ण प्रसाद भट्टराईको २०६७ फागुन २० गते शुक्रबारका दिन काठमाडौंको नर्भिक अस्पतालमा देहावसान भएको थियो । आर्दश राजनीतिज्ञ सन्त नेता कृष्ण प्रसाद भटराईको ९५ औ जन्म दिवशको अवसरमा उहाँप्रति श्रद्धा,सम्मान र चिरस्मरण । जयनेपाल

(लेखक काँग्रेस भातृसंस्था नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हुन् ।)