राजनीति

नेकपाकै ४३ नेताले गरे, छवी बिग्रेका भ्रष्टहरुको नियुक्ति खारेज गर्न माग (ज्ञापनपत्रसहित)

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का ४३ केन्द्रीय सदस्यले भ्रष्ट वा विवादित छवी भएकाहरूको राजनीतिक नियुक्ति र मानपदवी तत्काल खारेज गर्न माग गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।

दिगम्बर झा र उनीजस्ता भ्रष्टाचारमा विवादित भएकाहरुलाई यथासिघ्र पदबाट बर्खास्त गर्नका लागि पार्टीको तर्फबाट सरकारलाई आवश्यक निर्देशन दिन माग सहित ज्ञापनपत्र बुझाएका हुन् ।

शनिबार कार्यालय सचिव तथा सांसद कृष्णगोपाल श्रेष्ठमार्फत अध्यक्षद्धयलाई उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले जारी स्थायी समिति बैठकमा छलफलको विषय बनाउन माग गरेका छन् । ज्ञापनपत्र बुझाउन कृष्ण केसी, ठाकुर गैरे, माधव अर्याल र भाष्कर काफ्ले, रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा र डा.विजयकुमार पौडेल, पार्टी कार्यालय, धुम्बाराही पुगेका थिए । बाँकी ३६ जनाले विद्युतीय माध्यमबाट समर्थन जनाएका छन् ।

‘यो सरकारले ‘भ्रष्टाचारबारे शून्य सहनशीलता’ को नीति शुरुमै घोषणा गरेको हो । यसैगरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्नुभएको कुरा पनि आम जनमानसमा सञ्चारित भएकै छ,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ । यसो हुँदाहुँदै पनि दिगम्बर झाजस्ता भ्रष्ट र विवादित छवीका मानिसहरुले राजनीतिक नियुक्ति पाउन सफल भएको भन्दै तत्काल दिगम्बर झा र उनीजस्ता भ्रष्टाचारमा विवादित भएकाहरुलाई यथाशिघ्र पदबाट बर्खास्त गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।

उनीहरुले पत्रमा दिगम्बर झा जस्ता भ्रष्टलाई राजनीतिक नियुक्ति गरेको र सरकारको सिफारिसमा राष्ट्रपतिबाट भ्रष्ट र विवादित ब्यक्तिहरुलाई विभूषित गरेको जनाएका छन् । नेताहरुले भ्रष्ट र विवादित ब्यक्तिलाई राजनीतिक नियुक्ति गर्दा सरकारको गरीमा र लोकप्रियतामा गम्भीर धक्का पुगेको उनीहरुको भनाई छ । भनिएको छ, ‘दिगम्बर झा र उनीजस्ता भ्रष्टाचारमा विवादित भएकाहरुलाई यथासिघ्र पदबाट बर्खास्त गर्नका लागि पार्टीको तर्फबाट सरकारलाई आवश्यक निर्देशन दिइयोस् भन्ने समेत विनम्र अनुरोध गर्न चाहन्छौं ।’

ज्ञापनपत्रसहित :

४३. हिमाल शर्मा