राजनीति

काँग्रेसको वैज्ञानिक बिधान महासमिति बैठकमा प्रस्तुत, देशभरका कार्यकर्ता खुशी

काठमाडौँ । नेपाली काङ्ग्रेस विधानको संशोधित मस्यौदा लामो बहस र छलफलपछि केन्द्रीय कार्यसमितिबाट पारित भएको बिधान शनिबार अपरान्ह महासमिति बैठकमा समेत प्रस्तुत भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले सङ्घीय संरचनाअनुसार तयार गरिएको पार्टीको विधान मस्यौदा पारित गरेको बिधानमालाई शनिबार बसेको महासमिित बैठकले अन्तिम रुप दिएको हो । नयाँ बिधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी १४ पदाधिकारीसहित १६७ केन्द्रीय कार्यसमिति रहने छन् । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले मनोनीत गर्ने निर्णय भएको उनले बताए  । आठ सहमहामन्त्रीमा संविधानले व्यवस्था गरेका समावेशिताका सबै क्लष्टर समावेश गरिनेबिधान मस्यौदा समितिका संयोजक एबम् महामन्त्ती पूर्णबहादुर खड्काले बताए ।

केन्द्रीय कार्यसमिति सङ्ख्या यसअघिको सहमतिअनुसार १०१, १०३, ११५, १२०, १५१, १६१ रहनेबिषयमा पटक पटक छलफल भएपनि गहन छलफल गर्दा १६७ मा टुंगिएको हो ।

पार्टीका शीर्ष नेताबीचको लामो रस्साकस्सीपछि विधानमा रहने पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे सहमति भएपछि केन्द्रीय कार्यसमितिबाट सो मस्यौदा प्रस्तुत भएको हो । काङ्ग्रेसको महासमिति बैठक गत मङ्सिर २९ गतेदेखि काठमाडौँमा जारीरहेको भएपनि आज बिधान प्रस्तुत भएपछि लगभग सकिएको छ ।

यसअघि विधानमा सहमति हुन नसक्दा महासमिति बैठक आरम्भ भएको एकसाता भइसक्दा पनि विधान मस्यौदासम्बन्धी प्रतिवेदन बैठकमा पेश हुन सकेको थिएन । काङ्ग्रेसले संविधानको सङ्घीय व्यवस्थाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो ।

पारित मस्यौदा केन्द्रीय कार्यसमितिको तर्फबाट महामन्त्री एवं समितिका संयोजक पूर्णबहादुर खड्काले महासमितिको जारी बैठकमा पेश गरेको विधानलाई महासमिति  सदस्यहरुको बैठकबाट पारित गर्नुपर्दछ । काङ्ग्रेसको विधानमा यसभन्दा पहिले कूल ८५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ, जसमा पदाधिकारीमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित तथा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने प्रावधान थियो । महासमिति बैठकले महामन्त्री डा. शसाँक कोईराला, उपसभापति बिमलेन्द्र निधि, सहमहामन्त्री डा. प्रकाश शरण महत, कोषाध्यक्ष चित्रलेखा यादबको प्रतिबेदन समेत सर्बसम्मतीले पास गरेको छ । ३ गते सकिने भनिएपनि आज ४ दिन ढिला गरी विधान पारित गर्दै महासमिति बैठक आज समापन हुने भनिएपनि समय अभाबका कारण आईतबारसम्म लम्बिएको छ ।