लुम्बिनी

बस दुर्घटनाः शोकमा एकदिन बिद्यालय बन्द

लमही । तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनाप्रति दुःख ब्यक्त गर्दै उपमहानगरपालिका भित्रका बिद्यालय एक दिन बन्द हुने भएका छन् ।

तुलसीपुर–सल्यान सडकखण्ड अन्तर्गत शिक्षक र बिद्यार्थी चढेको बस दुर्घटना भएको प्रति दुःख ब्यक्त गर्दै तुलसीपुर उपमहानगर शिक्षा महाशाखाको आज बसेको बैठकले आइतबार बिद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
दुर्घटनामा परि बिद्यार्थी तथा शिक्षकको मृत्यु हुँदा शिक्षा क्षेत्रमा अपुरणीय क्षति भएको भन्दै शोकमा एकदिन बिद्यालय बन्द गर्ने निर्णय गरिएको महाशाखा संयोजक देवराज बिश्वकर्माले जानकारी दिनुभयो । बैठकले यस क्षेत्रका निजि, सामुदायिक तथा प्राबिधिक शिक्षालय बन्द गर्ने निर्णय गरेको छ ।
दुर्घटना प्रति एन प्याव्सन दाङले शोक वक्तव्य जारी गर्दै शिक्षा क्षेत्रमा भएको अत्यन्त दुखलाग्दो घटनाले विक्षिप्त तुल्याएको उल्लेख छ । विज्ञप्तिमा दुर्घटनामा परि मृत्यु भएका शिक्षालयमा अध्ययनरत बिद्यार्थि तथा शिक्षक प्रति श्रद्धाञ्जलि व्यक्त गरिएको छ । दुर्घटनामा घाईते भएकाको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । त्यस्तै एन प्याव्सन प्रदेश नम्वर ५ ले समेत बिज्ञप्ति जारि गरि शोक ब्यक्त गरेको छ ।
कृष्णसेन ईच्छुक स्मृति बहुप्राबिधिक शिक्षालयका शिक्षक तथा बिद्यार्थी चढेको गाडि शुक्रबार ४ बजे दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १४ जना घाईते भएका थिए ।