प्रवास

नेपाली यूवालाई अगाडी बढाउनुस, अवसरका संभावना छन्: क्यानडेलीमन्त्री

टोरोन्टो । निरन्तररुपमा छलफल अगाडी बढाउदै लान सकेमा क्यानडाका नेपाली समुदायले सरकारी तथा गैरसरकारि अवसरहरु सहजरुपमापाउने संभावना देखिएको छ ।नेपाली समुदायकालागि विभिन्न अवसरहरु दिन आग्रहगर्दै केही नेपाली प्रतिनिधिहरुले क्यानडाका मन्त्रीसंग भेट गरेका थिए ।

सृजनशिल नेपाली समाजका प्रतिनिधिहरुले क्यानडाका बोर्डर एण्ड सेक्युरिटी तथा अर्गनाइज्ड क्राइम रिडक्सन सम्बन्धि मन्त्री विल ब्लेयरसंग भेट गरेका हुन् । भेटका क्रममा संस्थाका अध्यक्ष शिशिर पाण्डेले नेपाली संस्कृति र मौलिकतालाई क्यानडियन समाजमा स्थापितगर्नकालागि आवश्यक सहयोग गर्न मन्त्री ब्लेयरसंग आग्रह गरेका थिए । मन्त्री ब्लेयरले टोरोन्टोस्थित नेपाल र नेपाली समुदायसंग नजिक रहेर कामगर्दै आएकोले नेपाली समुदायका विभिन्न कार्यक्रमबाट आफू प्रभावित भएको प्रतिक्रिया दिए ।

क्यानडामा तुलनात्मक रुपमाथोरै संख्यामा रहेका नेपाली समुदायका विषयमा थपजान्न आफू इच्छुक रहेको भन्दै मन्त्री ब्लेयरले नेपालीहरुको कार्यक्रममा आफूलाई पनि बोलाउन आग्रहगरेका थिए । नेपाली युवाहरुलाई सरकारी तथा गैरसरकारी तहका अवसरहरुमा समावेश गर्न सकिन्छ किभन्ने नेपाली टोलीको जिज्ञासामा मन्त्री ब्लेयरले गर्मि यामको रोजगारमा नेपाली युवालाई समावेश गर्न सकिने बताए । तर यसकालागि १६ देखि २५ वर्ष उमेर सम्मका युवाहरु हुनुपर्नेउनको भनाइ थियो । साथै उनले समुदाय उत्थानका लागिगरिने कार्यक्रमकालागि आवश्यक सहयोग गर्न आफूले सक्दो पहलगर्ने पनि बचन दिए । यससंगै याहांका नेपाली युवाले अबगर्मि सिजनको विभिन्न रोजगारिमुलककार्यक्रमहरुमा सहभागिहुने संभावना देखिएको छ ।

भेटका क्रममा संस्थाका अध्यक्ष पाण्डेले विभिन्न प्रस्तावहरु मन्त्री ल्बेयरसमक्ष बुझाएका थिए । संस्थाका महासचिव मधु थापाले नेपाल र नेपाली संस्कृतिबारे मन्त्री ब्लेयरलाई जानकारी गराएका थिए । भेटमा महासचिव थापासंगै नितु कर्ण, चिरन्जीवी पौडयाल लगायतका प्रतिनिधिहरु सहभागी भएको अध्यक्ष पाण्डेले जानकारि दिए ।