पु.समाचार

लागूओषध कारोवारीको ‘हब’बन्दै दाङ

घोराही । मध्यपश्चिम क्षेत्रको केन्द्रको रुपमा रहेको दाङ जिल्ला पहाडी तथा तराईका जिल्लालाई जोड्ने सङ्गम स्थलको रुपमा रहेसँगै व्यापारिक केन्द्रको रुपमा विकास हुँदैछ ।

रुकुम, रोल्पा, प्यूठान, सल्यानलगायतका जिल्लाबाट केन्द्र राजधानी वा भारतसम्म पुग्न अथवा फर्कनको लागि दाङकै बाटो प्रयोग गर्नुपर्ने हुन्छ भने पछिल्लो समय सडक सञ्जाल जोडिएपछि सुर्खेत, दैलेख, जाजरकोटबाट आउने जाने पनि दाङको बाटो प्रयोग गर्न थालेका छन् ।

लत्ताकपडा, घरायसी सामग्री, उद्योगबाट उत्पादित वस्तुको बिक्री वितरणका लागि पनि दाङकै बाटो प्रयोग हुँदे आएकामा पछिल्लो समयदेखि अवैध कारोवारको लागि रोजको पाइन्छ । पहिलेदेखि नै छिमेकी जिल्लाका कारोवारी अवैध कारोवार गर्दै गरेको अवस्थामा दाङका विभिन्न स्थानमा पक्राउ पर्ने गर्दथे । अहिले पनि यो क्रम रोकिएको छैन ।

छिमिकी जिल्लाका मानिस कारोवारको लागि दाङको बजार वा दाङको बाटोलाई रोज्ने गरेका छन् । दाङमा कारोवार गर्दै गरेको वा ओसारपसार गर्दै गरेको अवस्थामा पक्राउ पर्ने अधिकांश छिमेकी जिल्लाका हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमका गाँजा, भाङ, अफिम, चरेस जस्ता अवैध पदार्थ पहाडी जिल्लामा उत्पादन हुने र बिक्रीको लागि दाङको बजारमा आउने वा दाङको बाटो भएर अन्यत्र लैजाने परिपाटी अत्यधिक रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका तथ्याङ्कअनुसार आव २०७१/७२ मा तीन किलो ३०० ग्राम अफिमसहित दुई जना पुरुषलाई पक्राउ गरेको थियो । भने अहिले २०७४/७५ मा किलो २०० ग्रामसहित तीन जनालाई पक्राउ ग¥यो । अन्य लागुऔषधको तुलनामा अफिमसहित पक्राउ पर्ने निकै कम छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७१/७२ मा ३६ जना पक्राउ परेका छन् । महिला छ जना र अरु पुरुष छन् । लागुऔषध ब्राउसुगर, चरेश, अफिम र गाँजासहित पक्राउ पर्नेमा २०७२/७३ मा पनि दुई महिलासहित ३१ जना छन् । त्यस्तै आव २०७३/७४ मा महिलासहित २५ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

मुद्दा फाँटका प्रमुख प्रहरी निरीक्षक गौतमले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ मा भने ३७ जना पुरुष र छ जना महिला लागुऔषध कारोवारीमा पक्राउ परेका थिए भने चालु आर्थिक वर्ष साउनदेखि यता लागुऔषध कारोवारमा १५ पुरुष र पाँच महिला रहेका छन् ।