मनोरञ्जन

संगीतकार प्रमोदको निर्देशनमा ‘युगौँदेखि’

काठमाडौं । संगीतकार प्रमोद पन्तको निर्देशनमा रहेको ‘युगौँदेखि’ गीतको भिडियो सार्वजनिक भएको छ।

भिडियोमा नायिका सारा सिरपाइली र मनोज वलीको रोमान्स देख्न सकिन्छ। ‘युगौँदेखि’को भिडियो मिलन शंकर र ओम प्रसाईँले छायांकन गरेका हुन्। भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।

यमुना पराजुली अधिकारीको शब्द रहेको र पन्त आफैँले संगीत दिएको गीतमा मेलिना राई र गौरव आलेको स्वर सुन्न सकिन्छ। गीतको एरेञ्ज रिदम कँडेलले गरेका हुन्।

हेर्नुहोस् भिडियो :