पत्रपत्रिका

रोकियो प्रहरी समायोजन अध्यादेश

काठमाडौं ।  विस्तृत छलफलबिना नै सरकारले ल्याउन लागेको प्रहरी समायोजन अध्यादेश रोकिएको छ ।

अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाउने तयारी भइरहेको बेला संसद अधिवेशन आह्वान भएपछि अध्यादेश रोकिएको हो ।

११ पुसदेखि संसदको हिउँदे अधिवेशन बोलाइएको छ । संसद अधिवेशन बोलाइसकिएको अवस्थामा अध्यादेश ल्याउन नमिल्ने भएकाले प्रहरी समायोजन अध्यादेश रोकिएको खबर आजको  नयाँ पत्रिका दैनिकमा छापिएको छ ।