खेलकुद

ईपीएल टि–२० क्रिकेटको फाइनल प्रतिस्पर्धा आज,भैरहवा र ललितपुर आम्ने साम्ने हुँदै

काठमाण्डौ । जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनल खेल आज हुँदैछ । किर्तिपुर क्रिकेट मैदानमा हुने फाइनल खेलमा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रियट्स प्रतिस्पर्धा गर्दैछन्

दुई टोलीबीचको फाइनल खेल अपरान्ह १२ः३० मा सुरु हुनेछ । फाइनल प्रतिस्पर्धाका लागि मैदान उत्रदै गर्दा दुवैको लक्ष्य उपाधि चुम्ने रहेको छ । साबिकको उपविजेता समेत रहेको भैरहवा नेपाली राष्ट्रिय टोलीका सदस्य शरद भेषावकरको कप्तानीमा मैदान उत्रनेछ । ललितपुर नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा हुनेछ ।

संयोग, दुवै टोलीले क्वालिफायरमा काठमाडौं किङस इलाभेनलाई हराएर उपाधि नजिक पुगेका हुन् । त्यसैले दुवै टोली फाइनलका लागि प्रतिस्पर्धा गर्दा पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।