मनोरञ्जन

रवि ओड उत्कृष्ट प्रतिभा देखाउदै बने नेपाल आईडल, तीन करोड नेपालीका तर्फबाट बधाई !

काठमाण्डौ । नेपाल आईडल २ को विजेता सुदूरपश्चिमका रवि ओडले २२ लाखको चेकसहित विजयी भएका छन् । बिक्रम बराल, सुमित पाठक र अश्मिता अधिकारीबीचको प्रतिष्पर्धामा रबि ओडले प्रतिष्पर्धा जितेर उत्कृष्ठ भएका हुन् । लाखौं दर्शकहरुले पर्खिरहेको नतिजामा रबि ओड विजयी भएसंगै फष्ट रनर अपको रुपमा बिक्रम बराल, सेकेण्ड रनर अपको रुपमा सुमित पाठक र अश्मिता अधिकारी थर्ड रनर अपको बिजेता बनेकी छन् । उनीहरुले क्रमसः २२ लाखको चेक र गोल्डेन माईक, २० लाखको चेक, १२ लाखको चेक र स्कुटर पाएका छन् । उनीहरुलाई पत्रकार विजयकुमार पाण्डे, निर्देशक सचन थापा, शुरेस पौडेल लगायत अन्नपूर्ण मिडिया नेटवर्कका सदस्यहरुले पुरस्कार बाँडेका छन् ।
रबिको नेपाल आईडलमा नाम लेखाउने अन्तिम घडिसंगै विश्वभर बस्ने नेपालीहरुले हेरिहेको बहुप्रतिक्षीत कार्यक्रम नेपाल आईडल २ मनोरञ्जनात्मक कार्यक्रम आजबाट समाप्त भएको छ । झापाबाट सुमित पाठक र अश्मिता अधिकारी दुई प्रतिश्पिर्धी भएका कारण मत बिभाजित भएको थियो भने सुदूरपश्चिमबाट रबि ओडका लागि एकछत्र मत खसेको थियो । चारै प्रतिश्पर्धीले उत्कृष्ट प्रतिभा देखाएपनि रबिले उक्त कार्यक्रमको बिजेता हाँशिल गरेका छन् । सबैका तर्फबाट बधाई छ ।