राजनीति

ओली सरकारसंग गणतन्त्रमा राजतन्त्र साटेका कमल थापा पुनः ज्ञानेन्द्रसंग नजिकिए

काठमाण्डौ । राप्रपाका अध्यक्ष कमल थापा र पुर्बराजा ज्ञानेन्द्र शाहबीच भेटघाट भएको समाचार छ । राप्रपा अध्यक्ष कमल थापाले आउदो फाल्गुण ७ गतेदेखी हिन्दू धर्म, राजतन्त्रका पक्षमा र संघीयता खारेजीको माग राख्दै आन्दोलन गर्ने तयारी गरिरहेका बेला राजाबादी नेता थापा र ज्ञानेन्द्र शाहबीच भएको भेटले कत्तिको महत्वपूर्ण हुने हो त्यो भबिश्यले देखाउने कुरा भएपनि आजको भेट राजनीतिक रुपमा अर्थपूर्ण मानिएको छ ।

राजा र हिन्दू धर्मको समर्थनका लागि हालिएको ०७० सालको मतलाई पहिलोपटक बनेको केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री खाएर गणतन्त्रलाई समर्थन गरेको आरोपमा पूर्ब राजा ज्ञानेन्द्र शाह अध्यक्ष थापासंग असन्तुष्ट भएपनि पछिल्लो समयमा दुबैजनाको सम्बन्ध सुध्रिएको बताईएको छ । काठमाण्डौको कमलपोखरीमा भएको भेटले भने दुबईबीचको सम्बन्ध थप सुध्रिएको देखिएको छ ।