राजनीति

पार्टी भित्र नेताहरुमा लोकतान्त्रिक आचरण छैन: किशोर सिंह राठोर

काठमाडौं । नेपाली काँग्रेसका प्रभावसाली नेता किशोर सिंह राठोरले नेपाली काँग्रेस पार्टी आफै लोकतन्त्रको वकालत गर्ने पार्टी भित्र नेताहरुमा लोकतान्त्रिक आचरण नभएको बताएका छन।

बिहिवार एबिसी टेलिभिजनको एबिसी वाचमा अन्तर्वार्ता दिदै नेता राठोरले महाधिवेशनमा जितेकाले हारेकालाई आत्मसात नगर्ने र हारेकाले जितेकालाई आत्मसात नगर्ने प्रचलनले नेपाली कांग्रेसलाई कम्जोर बनाएको जिकिर गरे।

नेपाली कांग्रेस भित्र गुटबन्दी हुनु नौलो कुरो नभएको भन्दै नेता राठोरले नेपालि काँग्रेसको महाधिवेशनबाट सभापति जितेको ब्यक्तिलाई पाँच बर्षसम्म निर्वाद रुपले कम गर्न दिनुपर्नेमा पनि जोड दिए । महाधिवेशन जितेको ब्यक्तिको मिलाएर लिने जिम्मेवारी भएको भन्दै नेता राठोरले सभापतिलाई काम गर्न रचनात्मक सहयोग गर्ने जिम्मेवारी महाधिवेशनमा पराजित ब्यक्तीको भएको बताए।

केन्द्रिय सदस्य नेता राठोरले नेपाली कांग्रेसमा अहिले जितेकोलाई हारेकोले सहयोग गर्ने परिपाटी नभएको भन्दै यो परिपाटीलेनै काँग्रेस आन्तरिक द्वन्द्वमा फसेको उल्लेख गरे। नेपाली काँग्रेस पार्टीलाई बलियो बनाउन सबै नेता लाग्नु पर्ने ठाउँमा हामीले सभापतिलाई मात्रै दोष दिनु दुखद कुरा भएको नेता राठोरको ठहर छ।