लुम्बिनी

टिपरको ठक्करबाट एक जनाको मृत्यु

बाँके । नेपालगञ्ज, ५ पुस ९रासस०ः टिपरको ठक्करबाट आज बर्दियाको बढैयाताल–८ कण्ठपुर चोकमा एक जनाको मृत्यु भएको छ ।

नेपालगञ्जबाट तारातालतर्फ जाँदै गरेको भे१क ९८८ नंको टिपरको ठक्करबाट बढैयाताल गाउँपालिका–८ मयुँर बस्तीका ६० वर्षीय मोतिलाल चौधरीको मृत्यु भएको हो । घरतर्फ फर्कँदै गरेका उनको तीव्रगतिमा आएको सो टिपरले ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । चालक गेरुवा गाउँपालिका–३ का ३५ वर्षीया सुनील चौधरीलाई इलाका प्रहरी कार्यालय मैनापोखरले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बताए ।