खेलकुद

फिफा वरीयतामा नेपाल १ सय ६१ औ स्थानमा, एक स्थान सुधार्यो

काठमाडौँ । नेपालले विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा एक स्थान सुर्धान सफल भएको छ । बिहीबार फिफाले सार्वजनिक गरेको डिसेम्बर महिनाको वरीयतामा नेपाल १ सय ६१ औं स्थानमा रहेको छ। नेपाल गत महिना १ सय ६२ औं स्थानमा रहेको थियो।

दक्षिण एसियाली राष्ट्रहरूमा भने नेपाल तेस्रो स्थानमा छ भने भुटान, बंगलादेश र पाकिस्तान नेपालभन्दा पछाडि छन्। नयाँ वरीयतामा भारत ९७ औँ स्थानमा रहँदा नेपाल १ सय ६१ औँ, माल्दिभ्स १ सय ५२ औँ तथा श्रीलंका २ सय १ स्थानमा यथावत छ।

भुटान, १ सय ८६, बंगलादेश १ सय ९२ र पाकिस्तान १ सय ९९ औं स्थानमा यथावत छन्। फिफा वरीयतामा यसपटक पनि बेल्जियम शीर्ष स्थानमा यथावत छ। यस्तैगरी, फ्रान्स, ब्राजिल, क्रोयसिया, इंग्ल्यान्ड क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा छन्। पोर्चुगल, उरुग्वे, स्विट्जरल्यान्ड, स्पेन र डेनमार्क छैटौँदेखि दशौं स्थानमा रहेका छन्।