प्रदेश 2

अवैध सालको काठ बरामद: तस्कर परार

बिरगंज । बुधबार साझ प्रहरीले अबैध सालको काठ बरामद गरेको छ । प्रहरी चौकी रंङगपुरटाडी पर्साबाट खटिएको प्रहरी गस्ति टोलीले गस्ति गर्दै जाने क्रममा पर्सा को सखुवाप्रसौनि गा।पा।वडा नं।(२, भेलाहा खोला जंगल नजिकबाट अबैध सालको काठ बरामद गरेको हो ।

पुग्दा ५ वटा साईकलमा केही फिट गोलाई १० फिट लम्बाई भएको ५ थान सालको काठ लैजादै गरेको अबस्थामा प्रहरी टोलीलाई देख्ना साथ साईकल चालक भागेकोले साईकल र काठ बरामद गरी आवश्यक कार्वाहीको लागी साईकल र काठ जिल्ला वन कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।