आर्थिक

ज्योति विकास र सिदार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी बीच सम्झौता

काठमाण्डौ । ज्योति विकास बैंक र शिद्धार्थ बिजनेस गु्रप अफ हस्पिट्यालिटी बीच सहकार्य सम्झौता भएको छ । बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस संस्थाको देशभरि रहेका हरेक होटेल तथा रेस्टुरेन्टका शाखा संजालहरुबाट विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । त्यस संस्था अन्तर्गत होटेल कैलाली शिद्धार्थ, टिकापुर, कैलाली, पिस शिद्धार्थ कटेज रेस्टुरेन्ट र भिऊ होटेल शिद्धार्थ, नेपालगन्ज, शिद्धार्थ रिसोर्ट, चिसापानी, कैलाली, सिद्घार्थ रिभर साइड रिसोर्ट, चुम्लिङ्गटार, चितवन, सिद्घार्थ कटेज रेस्टुरेन्ट, बुटवल, होटेल शिद्धार्थ, सुन्धारा, काठमाण्डौं, शिद्धार्थ कटेज रेस्टुरेन्ट एण्ड बार, तिनकुने, काठमाण्डौं आदि गरि हाल १८ वटा होटेल तथा रेस्टुरेन्टहरु संचालनमा छन् ।

सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक शुसील कुमार शर्मा र त्यस संस्थाका तर्फबाट कर्पोरेट प्रबन्धक सुरज प्याकुरेलले हस्ताक्षर गरे । यस बैंकका ग्राहकहरुले बैंकको ब्त्ः ऋबचम देखाई र बैंकका कर्मचारीहरुले बैंकको क्ष्मभलतष्तथ ऋबचम देखाइ यो सुविधाको लाभ लिन सक्नेछन् ।

हाल बैंकले ८३ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम् मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ७ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम् संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १९ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ ।