आर्थिक

बैंकहरुबीच अस्वस्थ प्रतिष्पर्धापछि राष्ट्रबैकले बोलायो २८ बैंक, तोकिदैछ ब्याजदर सीमा

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको समन्वयमा बैंकहरुबीचको देखिएको ब्याजदरको अस्वस्थ प्रतिष्पर्धालाई न्यूनिकरण गर्न अहिले केहीबेरमा वालुवाटारको एक रेष्टुरेण्टमा बैठक बस्न लागेको समाचार प्राप्त भएको छ । नेपाल बैंकर्ष संघका अधयक्ष ज्ञानेन्द्र ढुंगानाको पहलमा राष्ट्रबैकका गभर्नर चिरञ्जीवी नेपाल, रेगुलेसन बिभागका प्रमुख नारायण पौडेल लगायत राष्ट्रबैंकका उच्च अधिकारीहरुको सहभागीतामा २८ वटै क बर्गका बैंकका कार्यकारी अधिकृतहरुसहित बस्न लागेको बैठकले बैंकहरुबीचमा डिपोजिट रकम ल्याउन १३ प्रतिशत भन्दा बढी ब्याज दिन पछि नपर्ने बैंकहरुले गर्दा भएको प्रतिष्पर्धालाई मध्यनजर गर्दै छलफल हुन लागेको हो ।
नबिल बैंक, सेन्चुरी बैंक, कुमारी बैंक, हिमालयन बैक लगायतका केही बैंकले बचतबा १३ प्रतिशत वा सो भन्दा बढी ब्याजदर तोकेपछि समस्या आउन लागेको हो । ११ प्रतिशतबाट ब्याजदर तोकेको नेपाल बैंकर्ष एसोसिएसनले तरलताको कारण देखाउदै खुल्ला गरेपछि बैंकहरुलाई ब्याजदर बढाउने बाटो खुलयो र बैकहरुले ब्याजदर बढाए । राष्ट्र बैंकका बिभागीय प्रमुख नाराण पौडेलले भने गभर्नर सापको निर्देशनमा सबै सिईओहरुलाई बैठकमा डाकिएको छ तर उक्त मिडिङमा मिडियालाई भने बोलाईएको छैन । बैठकपछि भन्न मिल्ने भए भन्छौं । एक बैंकर्षका अनुसार बैठक राष्ट्रबैंकका अधिकारी समेत उपस्थिति हुने भन्दै बैंकर्ष एसिोसिएसनले चिठी काटेको छ, किन हो हामीलाई थाहा छैन, जान्छौं अनि के छलफल हुन्छ भनोला । बैकर्ष संघको निर्देशन मान्न कतिपय बैंकले अटेर गर्ने सम्भाबना देखेपछि बंगालादेश बैंकका कार्यकारी प्रमुख ज्ञानेन्द्र प्रसाद ढुंगानाले राष्ट्रबैंकलाई साक्षाी राखेर उक्त निर्णय गर्न लागेको बैंकर्षहरुले बताएका छन्।