शिक्षा

प्राविधिक शिक्षा सञ्चालनको अनुमति प्राप्त

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रबाट प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति पाएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको अध्यक्षतामा बसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परिषद् बैठकबाट भएको निर्णयअनुसार उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रबाट प्राविधिक कक्षा सञ्चालन गर्ने नगर प्रमुख घनश्याम पाण्डेले बताए ।

तुलसीपुर उपमहानगरपालिकालाई बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न बैठकले अनुमति दिएको हो । बैठकले आगामी शैक्षिक सत्रबाट सञ्चालन हुने गरी वन विज्ञानमा डिप्लोमा तहलगायत अन्य विषयको पूर्वाधार निर्माणका लागि काम अगाडि बढाउन अनुमति दिने निर्णय गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाले प्राविधिक शिक्षा सञ्चालनका लागि तुलसीपुर टेक्निकल कलेज स्थापनालाई जोड दिएको थियो । उपमहानगरपालिकाले कलेज सञ्चालनका लागि वडा नं १२ को हरिपौरीमा जग्गासमेत भाडामा लिइसकेको छ ।