खेलकुद

फाइलन प्रवेशका लागि भैरहवा र काठमाडौँ भिड्दै

काठमाडौँ । यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि हुने दोस्रो क्वालिफायर खेल आज हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने दोस्रो क्वालिफायरमा काठमाडौँ किङ्ग्स–११ र भैरहवा ग्लाडियटर्सले प्रतिस्पर्धा गर्दैछन् । दोस्रो क्वालिफायरका लागि प्रतिस्पर्धा गर्न मैदान उत्रदा रोहन मुस्तफाको कप्तानीमा रहेको काठमाडौँ र शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाको लक्ष्य फाइनल पुग्नु हुनेछ । दुई टोलीबीचको विजेताले फाइनलमा स्थान बनाउनेछन् ।

आजको विजेताले शनिबार हुने फाइनलमा ललितपुर प्याट्रियससँगको भेट पक्का गर्नेछ । ललितपुर यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । ललितपुरले पहिलो क्वालिफायरमा काठमाडौँलाई एक विकेटले हराएर फाइनलमा पुगेको हो । ललितपुरसँग पराजित भए पनि काठमाडौँले भने फाइनल प्रवेशको लागि पुनः दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।