राजनीति

बरिष्ठ नेता पौडेलको काँग्रेस बलियो बनाउने ३ बर्षे प्रस्ताव, जनताको एकमात्र पार्टी बन्ने दिए संकेत !

काठमाण्डौ । नेपाली काँग्रेसको बरिष्ठ नेता रामचन्द्र पौडेलले पौष १६, २०७५ बाट ०७८ साल सम्मको काँग्रेसले गर्नुपर्ने कार्यक्रमहरुको प्रस्ताव प्रस्तुतगरेका छन् । नेता पौडेलले शुरुमा राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, गाउँगाउँ र टोलटोलमा वैचारिक र सांगठनिक प्रशिक्षण सहित “सदस्यता वितरण अभियान” चलाउने, “क्रियाशील सदस्यता वितरण र नविकरण” सँगसँगै प्रशिक्षण कार्यक्रम गर्ने बाट कार्यक्रम गर्दै २०७८ साल बैसाखबाट देशब्यापी निर्बाचन अभियान संचालन गर्ने सम्मका छन् । सभापति देउवा केन्द्रीय कार्यसमितिलाई सम्बोधन गर्दै आउदो निर्बाचनमा काँग्रेसलाई बलियो बनाउन पौडेलले महासमिति बैठकको बिचमा राखेको प्रस्तावलाई देशभरका कार्यकर्ताले सह्रानीय रुपमा लिने अनुमान छ ।
एकातिर काँग्रेसले पछिल्ला स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधि सभा निर्बाचनमा हार ब्यहोरेको छ भने काँग्रेसको आन्तरिक संगठन समेत तहसनहस भएको बेला पौडेलले ल्याएको पार्टी जनजागरण अभियानले शुद्धीकरणमा भुमिका खेल्न सक्ने अनुमान लगाउन सकिन्छ । बरिष्ठ नेता पौडेलको झण्डै तीन बर्षे अभियान प्रस्ताव पास हुंदै महासमिति बैठक लगत्तैकृयाशील हुने सम्भाबना बलियो छ । बरिष्ठ नेता पौडेलको प्रस्ताव जस्ताको तस्तै

“श्री सभापति ज्यू
नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति ।

उज्यालो भविष्यका लागी समयबद्ध काम गरौं ।

नेपाली काँग्रेस यतिखेर ईतिहासकै कठिन मोडमा छ । सँगसँगै आज पनि जनताको अपार आशा, अपेक्षा र भरोसाको केन्द्रविन्दुमा छ । गौरवशाली विगतले प्रदान गरेको जिम्मेवारी, उर्लिदो जनसमर्थनको प्रेरणा र लाखौं कार्यकर्ता एवं शुभेच्छुकको उर्जाको जगमा नेपाली काँग्रेसले आफ्नो भावि मार्ग तय गर्न अब ढिला गर्नुहँुदैन । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र जनताका आधारभूत सरोकार र दैनिकी माथि मडारिएका सबैखाले चुनौति र अतिवादको सामना गर्न, संविधानको ईमान्दार कार्यान्वयन गर्न र सबै जाति, वर्ग, लिङ्ग र क्षेत्रका जनताको आर्थिक–सामाजिक समृद्धी सुनिश्चित गर्न सशक्त र जनमुखी काँग्रेसको पुनरोदय जरुरी छ । समृद्ध र स्वाभिमानी नेपाल निर्माणका लागि नेपाली काँग्रेसको लोकतान्त्रिकरण र नेपाली समाजकै लोकतान्त्रिकरण हाम्रो लक्ष्य हो ।

महासमितिको वैठक पश्चात बिलम्ब नगरिकनै पार्टी संगठनलाई सृदृढ र गतिशील बनाउने अभियान सञ्चालन गर्नुपर्दछ । यस अभियानका क्रममा सदस्यता वितरण र प्रशिक्षण अभियानलाई संगसंगै लैजानु पर्दछ । पदयात्रा कार्यक्रम सर्वत्र सञ्चालन गर्नुपर्छ । कम्युनिष्ट सत्ताका मनपरितन्त्रको विरोध गर्नुपर्छ । हाम्रा सदस्यहरुलाई वैचारिक र सांगठनिक प्रशिक्षण दिने, “कम्युनिष्टहरुले भन्दै आएको समाजवाद र प्रजातान्त्रिक समाजवाद कुन सही र श्रेष्ठ हो ?” भन्ने बिषयमा बहस सर्वत्र चलाउनुपर्छ । अब काँग्रेसलाई मुखर बनाउनु छ । सबै भातृसंस्था र जनसम्पर्क समितिहरुको समयमै अभिवेशन सम्पन्न गर्ने, समयबद्ध काम गर्ने वानी बसाल्ने, पार्टीका सबै तहका नियमित वैठकहरु गर्ने, वैठकका एजेण्डाहरु समय सापेक्ष बनाउने, लोकतान्त्रिक संस्कार र संस्कृति अबलम्बन गराउने, पार्टीको शिक्षा, स्वास्थ्य लगायतको बिकास नीतिमा स्पष्टता प्रदान गर्ने, गरिबी निवारण र रोजगारी दिलाउने बिषयमा पार्टीको नीति स्पष्ट पार्ने, सामाजिक विभेदहरु हटाउने, समाजमा सहिष्णुता र धार्मिक, जातीय सद्भावको वातावरण निर्माण गर्ने, व्यबहारमा नै लोकतान्त्रिक समाजवादी पार्टी निर्माणमा जुट्ने खालको अभियान सञ्चालन गर्नु पर्दछ । स्थानीय तहका प्रतिनिधिहरुको अभिमुखीकरण र स्थानीय जनप्रतिनिधिहरुलाई जनचाहना अनुरुप प्रभावकारी काम गर्न निरन्तर समन्वय एवं निर्देशन गरिरहनु पर्दछ । देशैभरी वी.पी. विचार यात्रा र गणेशमान वलिदान अभियान जस्ता जनस्तरमा व्यापक प्रभाव छोड्ने कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । मधेश र काँग्रेसको घनिष्टता वढाउन मधेश केन्द्रित अभियान सञ्चालन गर्नुपर्दछ । मधेसको भूमि र पहाडको पानीको शक्तिमा साझेदारी कायम गरौं ।

  1. यस अभियान पश्चात महासमितिबाट संशोधित विधानले व्यबस्थित गरेका पार्टी संरचनाहरु टोल, वडा, गाउँ, नगर तहदेखि केन्द्रिय महाधिवेशनको कार्यतालिका अहिले नै निर्माण गरेर अगाडी वढ्न अनिवार्य देखिन्छ । यसका लागि यो महासमितिको बैठक सर्वसम्मतिका साथ निम्नानुसारको “समयबद्ध कार्यतालिका” अनुसार अघि बढ्ने प्रण गर्दछ ।

    मिति कार्यक्रम
    १. २०७५ पुष १६ देखि २०७६ आषाढ मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, गाउँगाउँ र टोलटोलमा वैचारिक र सांगठनिक प्रशिक्षण सहित “सदस्यता वितरण अभियान” चलाउने ।
    २. २०७६ आश्विन मसान्तसम्म “क्रियाशील सदस्यता वितरण र नविकरण” सँगसँगै प्रशिक्षण कार्यक्रम गर्ने ।
    ३. २०७६ मंसिर मसान्तसम्म टोल, मतदान केन्द्र, वडा÷ गाउँपालिका, नगर ÷ उपमहानगर ÷ महानगरपालिका अधिवेशन सम्पन्न गर्ने ।
    ४. २०७६ पौष मसान्तसम्म प्रदेश निर्वाचन क्षेत्र÷प्रतिनिधि सभा निर्वाचन क्षेत्र÷जिल्ला अधिवेशन सम्पन्न गर्ने ।
    ५. २०७६ माघ १६ प्रदेश अधिवेशन सम्पन्न गर्ने ।
    ६. २०७६ फागुन ७ केन्द्रीय महाधिवेशन उद्घाटन गर्ने ।
    ७. २०७६ चैत्र बाट २०७७ असोज मसान्तसम्म नव निर्वाचित सबै तहका समितिहरुको वैचारिक तथा संगठनात्मक प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्ने र देशव्यापी प्रशिक्षण कार्यक्रम चलाउने ।
    ८. २०७७ चैत्र मसान्तसम्म जनसरोकारका कार्यक्रमहरु अभियानका रुपमा सञ्चालन गर्ने ।
    ९. २०७८ बैशाखबाट निर्वाचनमुखी कार्यक्रम सञ्चालन गर्ने ।
    जय नेपाल !
                                                                                                                                         रामचन्द्र पौडेल
                                                                                                                                     नेता, नेपाली काँग्रेस “