समाचार

चिया उद्योगी भन्छन्- सरकारकाे निर्णय मान्दैनाै, मन्त्री विष्ट भन्छन्- त्यसाे भन्ने आँट कहाँबाट आयाे ?

काठमाडौँ । सरकारको निर्णय विरुद्धमा चिया उत्पादक संघले बुधवार सामाजिक सुरक्षा कार्याक्रम कार्यान्वयन गर्न नसकिने घोषणा गरेपछि श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट चिया उद्योगीमाथि कडा रुपमा प्रस्तुत भएका छन् ।

श्रम मन्त्री बिष्टले बुधबार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिमा उद्योगीलाई कानुन नमान्ने अधिकार कसैसँग नरहेको बताएका छन्। मन्त्री विष्टले ‘श्रमिकको पक्षमा एउटै काम नगर्नेले सरकारको निर्णय मान्दैनौं भन्नुको अर्थ के हो ?’ भन्दै संघका अध्यक्ष सुरेशकुमार अग्रवाललाई प्रश्न गरेका छन् ।

श्रम मन्त्री बिष्टले चिया वगानमा सरकारबाट आवास सुविधा माग गर्ने उद्योगीलाई ‘गाडीका लागि डिजेल पनि माग्नुस् न, त्यो चाँही छुट्यो नि भन्दै ब्यंग्यसमेत गरेका थिए ।

संघका अध्यक्ष अग्रवालले अन्य क्षेत्रमा जस्तो सजिलो नभएको भन्दै चिया उद्योगमा सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न नसकिने बताएका थिए ।

सरकारले केही हप्ताअघि सबै श्रमिकका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीकै उपस्थितिमा कार्यक्रम घोषणा गरेको थियो, जसमा सबै मजदुरलाई योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था रहेको छ ।