खेलकुद

बेलको ह्याट्रिकसंगै रियल मड्रिड क्लब विश्वकप फुटबलको फाइनलमा

काठमाण्डौ । गत सिजनकाे च्याम्पियन्स लिग विजेता रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनल खेलमामा जापानको क्लब काशीमा एन्टलर्सलाई ३ – १ गोल अन्तरले पराजित गर्दै रियल फाइनल प्रवेश गरेको हो ।

युएईको अबुधाबीस्थित जायद स्पोर्ट्स सिटी स्टेडियममा भएको खेलमा ग्यारेथ बेलले ह्याट्रिक पुरा गरेपछि रियलले फाइनलमा स्थान पक्का गरेको हो । काशीमाका शोमा डोईले एक गोल गरेपनि टोलीको हार टार्न सकेनन् । युरोपियन च्याम्पियन रियलले एसियन च्याम्पियन जापानिज क्लबविरुद्ध खेलको ४४ औं मिनेटमा बेलको गोलबाट अग्रता लिएको थियो । खेलको ५३ औं मिनेटमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २ – ० को स्थीतिमा लगेका थिए ।

बेलले खेलको ५५ औं मिनेटमा ह्याट्रिक पुरा गर्दा रियल ३ – ० ले अघि रह्यो । त्यसपछि खेलको ७८ औं मिनेटमा काशीमाका डोईले एक गोल फर्काएपनि रियलले ३ – १ को जित निकाल्दै फाइनलमा स्थान पक्का गर्यो । अब रियलले उपाधिका लागि युएईको क्लब अल इन फुटबल क्लबसंग खेल्नेछ ।

अल इनले साउथ अमेरिकन च्याम्पियन रिभर प्लेटलाई पेनाल्टी सुटआउटमा ५ – ४ गोल अन्तरले हराएर फाइनलमा पुगिसकेको छ । फाइनल खेल शनिबार हुनेछ । अल इनलाई पराजित गरे रियलले लगातार तेस्रो पटक क्लब विश्वकक जित्नेछ ।