समाचार

प्याकुरेललाई सम्मान

काठमाडौँ । प्याकुरेल सेवा समाजले समाजसेवी हितबहादुर प्याकुरेललाई सम्मान गरेको छ ।

प्याकुरेलले नुवाकोट सूर्यगढी गाउँपालिकास्थित वागेश्वरी माविमा निःशुल्क १४ वर्ष गर्नुभएको सेवाको कदर गर्दै सो सम्मान गरिएको हो । पशुबलिका विरोधी उनी ब्रह्माकुमारी सेवा केन्द्रसँग पनि आबद्ध छन् । यसैबीच मेचीमहाकाली जनसमन्वय दलका पूर्व केन्द्रीय अध्यक्षसमेत रहनुभएका प्याकुरेलले पूर्वप्रधानमन्त्री स्व डा तुलसी गिरीप्रति श्रद्धाञ्जलि पनि व्यक्त गरे ।