अन्तर्राष्ट्रिय

बन्द हुने भयो विवादित ट्रम्प फाउन्डेशन

अमेरीका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद च्यारिटी फाउन्डेशन बन्द हुने भएको छ । ट्रम्पको विवादित च्यारिटी फाउन्डेशन बन्द गर्ने बारेमा सहमति बनेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्प र उनका सन्तानमाथि आरोप लाग्दै आएको छ कि उनीहरुले फाउन्डेशनको रकम गैर–कानुनी रुपमा प्रयोग गर्दै आएका छन् । विवाद बढ्दै गएपछि ट्रम्प आफ्नो पारिवारिक फाउन्डेशन बन्द गर्न सहमत भएका हुन् ।

फाउन्डेशनको रकम अवैध रुपमा प्रयोग भएको आरोपमा न्युयार्ककी अटर्नी जनरल बारबरा अण्डरवुडले ट्रम्प परिवारविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।

ट्रम्पले आफ्नो व्यापारिक तथा राजनीतिक फाइदाका लागि फाउन्सेशनलाई प्रयोग गरेको आरोप उनले लगाएकी छन् । ट्रम्प फाउन्डेशन अब कानूनी रुपमा नै भंग हुनेछ र त्यसमा रहेको कोष अरु सहयोगी संस्थालाई वितरण गर्ने तयारी छ ।

अब ट्रम्पका तीन सन्तान न्युयोर्कका कुनै पनि च्यारिटी संस्थाका बोर्ड सदस्य पनि बन्न पाउने छैनन् ।