पत्रपत्रिका

स्वकीय सचिवको तलब आफैं लिन्छन् सांसद

काठमाडौं ।  संघीय संसदका पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलबभत्ता आफैंले बुझ्ने गरेको पाइएको छ।

आजको कान्तिपुर दैनिक लेख्छ–ऐनको व्यवस्थाविपरित कर्मचारीको तलबभत्ता सबैभन्दा धेरै बुझ्नेमा सभामुख कृष्ण बहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सेना रहेका छन् ।

संसद सचिवालयले कर्मचारीको तलब भत्ताबाहेक महरा र तिमिल्सेनाको खातामा मासिक १ लाख ९७ हजार  ५१० रुपैयाँका दरले जनही जम्मा गरेको छ ।