राजनीति

काँग्रेसले लगायो विधानको बल्ल अन्तिम टुंगो, निरास काँग्रेसीहरु पुनः देखिए खुसी

काठमाण्डौ । नेपाली काँग्रेसले लामो छलफलपछि विधान संसोधन गर्न उपसभापसित, महामन्त्री र सहमहामन्त्री २ २ जना र केषाध्यक्ष एकजना रहनेगरी आन्तरिक सहमती गरेको छ । काँग्रेसको विधान फाईनल गर्न मंगलबार जिल्ला सभापतिहरुबाट ब्यापक दबाब आएपछि सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, विजय कुमार गच्छदार, महामन्त्री डा. शसाँक कोईराला लगायतका शीर्ष नेताहरुको गम्भीर आन्तरिक गृहकार्यपश्चात आन्तरिक रुपमा उक्त कुरामा सहमती भएको हो ।

पदाधिकारीमा कोषाध्यक्ष बाहेक सबै निर्बाचिति हुनुपर्ने प्राबधान राखिएको छ भने केन्द्रीय समिति अब ८५ जनाबाट १६१ जना बनाईएको छ । मंगलबार महासमिति बैठक अन्त्य हुनेगरी काँग्रेसले तयारी गरेपनि पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको बिषयमा टुंगो लाग्न नसकेपछि अरु केही दिन लम्बिएको छ । विधान पास गरी छापेर देश बिदेशबाट सहभागी भएका महासमिति सदस्यहरुलाई वितरण गर्ने पार्टीको योजना छ । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्बाचित हुने बुंदा स्वागतयोग्य छ भने प्रवक्ता केन्द्रीय सदस्यबाट मनोनीत गर्ने ब्यवस्था गरिएको छ ।
महिलालाई ३३ प्रतिशत, सबै जातजाती मिलाउने लगायतका सबै समेट्ने बिाधा संसोधन पनि सबैपक्षबाट स्वागत गर्न योग्य देखिन्छ ।