पु.समाचार

बोल्दा-बोल्दै माईक फाल्नुभो, पछि महासमितिहरुले गोद्न खोज्दा सहमहामन्त्री डा. महत भाग्नुभो: नेता केसी

काठमाण्डौ । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाश सरण महतले महासमिति सदस्य तथा नुवाकोट काँग्रेसका सभापति जगदीश्वरनरसिंह केसीमाथी हातपात प्रयास गरेका छन् । काँग्रेस बरिष्ठ नेता अर्जुननरसिंह केसीका भाई समेत रहेका नेता केसीले विधान पारित गरेपछि मात्र महासमिति बैठक अगाडि बढोन ५० भन्दा बढी जिल्ला सभापतिहरुले दबाब दिएपछि प्रकाश सरणजीले माईक खोस्नुभो, पछि साथीहरुले कुट्नलाग्दा भागेर जानुभो, नेता केसीले सुर्यखबरलाई भने । नेता केसी जिल्ला सभापति हुन् भने महत केन्द्रीय सहमहामन्त्री हुन् ।

केसी र डा. महत दुबैले क्रमसः प्रदेश सभा र प्रतिनिधि सभा निर्बाचनमा हार ब्यहोरेका थिए । काँग्रेसले उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शसाँक कोईराला, पुर्ण बहादुर खड्काले प्रस्तुक गरेका प्रतिबेदनहरुमा छलफल गरिरहेको छ भने उपाध्यक्ष महामन्त्री, सहमहामन्त्री कतिजना राख्ने भन्नेमा टुंगो नलागेकोले पार्टीको विधान संसोधन पास हुन सकेको छैन । डा. रामशरण महतका सहोदर भाई समेत पर्ने डा. प्रकाशसरण महत सभापति देउवा पक्षमा छन् भने नेता केसी पौडेल पक्षमा छन् ।

दुबैजना नुवाकोटलाई राजनीतिक क्षेत्रका रुपमा मानेपनि डा. प्रकाशसरणले पछिललो समयमा काठमाण्डौ ५ बाट निर्बाचन लडेका थिए । नेता केसी आउदो १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यका प्रवल दाबेदार मानिन्छन् ।