मनोरञ्जन

डिबि श्रेष्ठको गीतमा भोलाको अभिनय, भिडियोसहित

काठमाडौ । पत्रकारितामा कलम चलाइरेका भोला अधिकारी फेरि नयाँ म्युजिक भिडियामो देखा परेका छन् ।

आज आज बोलको म्युजिक भिडियोमा उनि दएिका हुन । पुर्बै मोरङको , पिर नगर सानू लगायत सुपर हिट गीतमा अभिनय गरेका कुशल कलाकार तथा पत्रकार भोला अधिकारी को अभिनयमा आज आज बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डिबि श्रेष्ठको शब्द,संगीत, र आवाज रहेको यस गीतमा गायिका विनिता राईले पनि आवाज दिएकी छन् । उनको यो पहिलो गीत हो ।

दुइ मायालु जोडिको रोमान्सलाई गीतको म्युजिक भिडियोमा देखाइएको छ । केबी भण्डारीको एरेन्ज गरेको गीतलाई गोविन्द सोनीले मिक्सिङ गरेका हुन । जनक राज अधिकारीको छायाँकन , राज कार्कीको सम्पादन , अनिल मगरको नृत्य निर्देशन रहेको छ ।

‘ आज आज ” गीतमा पत्रकार भोला अधिकारी र मनु थापाको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोलाई भोला आफैले निर्देशन गरेका हुन ।

आज आज ” हेर्नुहोस भिडियो: