आर्थिक

विना झन्झट सिभिल बैंकका देशभर शाखाबाट अजोडको बीमा सुबिधा: कार्यकारी अधिकृत, गुरुङ

काठमाण्डौ । सिभिल बैंकले जीवनवीमा सेवालाई विस्तार गर्ने उद्देश्यले अजोड इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र अजोड इन्स्योरेन्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।
अब अजोड इन्स्योरेन्सको वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वितहुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

सिभिल बैंकले यस अघि पनि जीवनवीमा कम्पनिहरु मेटलाइफ, एल.आई.सी. नेपाल, रिलायबल नेपाल लाईफ इन्स्योरेन्स, यूनियनलाईफ इन्स्योरेन्स र सूर्या लाईफ इन्स्योरेन्स तथा थुप्रै निर्जीवनवीमा कम्पनिहरुसंग सम्झौता गरी जीवन वीमा तथा निर्जीवन वीमासेवा उपलब्ध गराउँदै आइरहेको छ ।