समाचार

प्रधानसेनापतिद्धारा निरीक्षण

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले भरतपुरस्थित कालीबहादुर गणको स्थलगत निरीक्षण गरेका छन् ।

उनले त्यहाँको बस्तु स्थिति, तालीम, बन्दोस्तीलगायत विविध पक्षबारे जानकारी लिए । उत्तरपश्चिम पृतना मुख्यालय र मध्यपश्चिम पृतना मुख्यालय अन्तर्गतका विभिन्न युनिटको निरीक्षण गरी उनी यही पुस ५ गते काठमाडौ फिर्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।