स्वास्थ्य

चिकित्सा शिक्षा विधेयक अनुमोदन गर्न माग

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, चिकित्सा अध्ययन संस्थानमा कार्यरत प्रा डा गोविन्द केसीले प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक छिटो अनुमोदन माग गरेका छन् ।

आज प्रेस विज्ञप्ति जारी गर्दै उहाँले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा चिकित्सा विधाबाट नै सचिव नियुक्ति गर्न र संविधान प्रदत्त स्वास्थ्य अधिकार कार्यान्वयनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबिबिएस तहको पठन पाठन छिटो शुरु गराउन, हरेक प्रदेशका एक ÷एक स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न र विगतमा आफूसित सरकारले गरेका सहमति कार्यान्वयन गर्न विज्ञप्तिमा माग गरिएको छ । यसैबीच शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन छलफल जारी रहेको जनाएको छ ।