कर्णाली प्रदेश

अल्पकालीन महिला सेवा केन्द्र स्थापना

हुम्ला । हिंसापीडित महिला तथा बालबालिकाको उद्धार तथा संरक्षणका लागि हुम्लामा पहिलोपटक अल्पकालीन महिला सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । युनिसेफ नेपालको आर्थिक सहयोग र सिमकोट गाउँपालिकाको पहलमा अल्पकालीन महिला सेवा केन्द्र स्थापना गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताए ।

केन्द्रमा घरेलु हिंसामा परेका बालबालिकाहरु पुनःमिलन र कानुनी उपचार प्राप्त गर्नसक्ने छन् । युनिसेफ नेपालले तत्काल प्रथामिक उपचारका लागि एकजना जना अनमी राखिएको युनिसेफ नेपालका बाल संरक्षण अधिकृत कुङ्गासुन्डुप लामाले जानकारी दिए ।

उनका अनुसार पुनःस्थापना गर्न दुई÷चार दिन समय पनि लाग्ने भएकाले सो अवधिमा बस्न, खान व्यवस्थासमेत गरिएको छ । केन्द्र सञ्चालनमा युनिसेफ नेपालले एक वर्षका लागि सहयोग गर्न बाल संरक्षण अधिकृत लामाको भनाइ छ ।