सुदूरपश्चिम

खटिया–दिपायल सडक राष्ट्रिय राजमार्गमा राख्न माग

डोटी । सुदूरपश्चिमको खुटिया—दिपायल हुँदै बझाङ्ङको मानसरोवर जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाउने प्रयास थालिएको छ ।
सांसदहरुको प्रतिनिधिमण्डल गएको छ । डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेमगर सहितको टोलीलेले भौतिक योजना तथा निर्माणमन्त्री रघुवीर महासेटलाई उक्त सडकलाई राष्ट्रिय राजमार्ग बनाउनका लागि मन्त्रिपरिषद्को बैठकमा पेश गर्न आग्रह गरेका हुन् । उक्त सडक राष्ट्रिय राजमार्ग बनाउनका लागि मन्त्री परिषद्को बैठकमा पेश गर्ने प्रतिबद्धता भौतिक योजना तथा निर्माणमन्त्री महासेठले जनाउनुभएको कुरा सांसद आलेमगरले जानकारी दिए ।

डोटीको विकासका लागि लागिपर्नुभएका सांसद आलेमगरले उक्त सडकलाई जसरी पनि मानसरोवरमा पु¥याएरै छोड्ने जिकिर गरे ।सांसदहरु तेप्लेजुङका योगेश भट्टराई, मकवानपुरका विनोद खतिवडाले पनि ओलानचुङगोला सडक र थानकोट चित्लाङ सडकलाई पनि राष्ट्रिय राजमार्ग बनाउनका लागि पहल गरिदिन मन्त्री महासेठलाई आग्रह गर्नुभएको बताइएकोे थियो ।