सामाजिक सञ्जाल

सभापतिले निर्बाचनमा पार्टीलाई जिताए प्रधानमन्त्री र हाराए राजीनामा दिनुपर्ने नियम बनाऔंः नेता गुरुगं

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबं युवा नेता धनराज गुरुगंले काँग्रेको महासमिति बैठकमा पार्टी सभापतिलाई दुई सय ४० वटै क्षेत्रमा टिकट बितरणको अधिकार दिनुपर्ने विचार व्यक्त गरेका छन् । नेता गुरुगंले पार्टी सभापतिले ईमान्दार त्यागी, पुरानो र क्षमतावान नेताकार्यकर्तालाई टिकट दिएर काँग्रेसले जितेमा सभापतिलाई स्वतः प्रधानमन्त्री र हारेमा सभापति पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । नेता गुरुगंले काँग्रेसभित्रको गुटउपगुट हटाउने उत्तम विकल्पको रुपमा यो प्रस्तावलाई अघि सारेका छन् । चलिरहेको महासमिति बैठकलाई केन्द्रीत गर्दै नेता गुरुगंले उक्त लोकप्रीय प्रस्ताव अघि सारेका छन् ।

उनकै शब्दमा
‘महासमिति बैठकमा पार्टीमा गुट उपगुटको अन्त्य गर्नु पर्ने आवाज उठेको छ। गुट उपगुटको अन्त्यका लागि पार्टी सभापतिलाई चुनावमा टिकट बितरण गर्ने सम्पुर्ण अधिकार दिअौं, पार्टीले जिते प्र.म. र हारेमा पार्टी सभापतिबाट राजिनामा गर्ने प्राबबधान राखौं। गुट उपगुटको अन्त्य यसरि हुन्छ।’