सामाजिक सञ्जाल

उपभोक्ता र बन समितिले रोक लगाउदा पनि नगरपालिकाले हस्तक्षेप गर्यो

चक्रघट्टी । आइतबारका दिन हाम्रो बराह नगरपालिका वडा नम्बर –८ कालापानीमा अवस्थित रहेको काठको पुल बिगतको बर्ष रामधुनी बन उपभोक्ता समुहको पहलमा निर्माण भएको र २०७० सालमा फेरी जिर्णोद्वार भएको तर तर हाल आएर बराह नगरपालिकाको कार्यालयले हस्तान्तरण बन उपभोक्ता समुहको सार्वजनिक सम्पत्तिमा बिना कुनै सूचना आफ्नै मनोमनी हिसाबमा एक लाख ६२ हजार ५००मा टेन्डर आह्वान गरी पुल भात्काउने कार्य भएको छ !

 उक्त पुल भात्काउने कार्यलाई स्थानिय उपभोक्ता र बन समितीको रोहबरमा पूर्ण रोक लगाइएको र उक्त कार्यलाई नगरपालिकाले पनि कुनै किसिमको कार्यबिधी नअप्नाएको पाइएको छ । बिगतका बर्षहरुमा निकै दुःख भोगेर स्थानिय उपभोक्ता र बन समितिले आफ्नो जनश्रम र अर्थ खर्च गरेर निर्माण गरेता पनि बराह नगरपालीका वडा नम्बर– ८ को कार्यालय र बराह नगरपालिकाले पनि आफ्नो काम कर्तव्य पालना गर्ने क्रममा एक्लौटी ढंग र एक्तन्त्रित ब्यब्स्था लाद्न खोज्नु निन्दनिय भएको तमाम स्थानिय बासी र बन समितिको गुनासो छ।

उक्त पुललाई स्थानतरण गरी वडा नम्बर ८ को सैनिक कालापानी सुख्सेना नहरमा पुनःनिर्माण गर्ने समग्र स्थानिय बासिमा छलफल चलिरहेको भएतापनि तेस्को कुनै पर्बाह नगरि र त्यहाको प्रिस्ठभुमिको अध्ययन नै नगरि यस्तो कार्यनीति अप्नाउन कथा कथित गलत नै भएको हाम्रो ठम्याइ छ। स्थानिय सरकार जनप्रीय हुनपर्नेमा दिन प्रतिदिन कठोर बन्दै गरेको महसुस हामीले गर्दै आएको छौ । सम्बन्धित निकायले बेलैमा आफ्नो आत्म आलोचना गरी अगाडि बढे हामी समग्रलाई फाईदा पुग्ने थियो र भन्न सकिन्थ्यो भन्ने हाम्रो चाहना हो यसमा पनि हामीले नगरपालीकाको राजधानीको सुबिधा हाम्रै समिपमा पाको छौ ।