पु.समाचार

नेकपा (माओवादी केन्द्र): निर्णय सार्वजनिक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले मङ्सिर २८ र २९ गते राजधानीमा बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सो पार्टीले आगामी फागुन १ गते ‘जनयुद्ध’ दिवसका अवसरमा पार्टीको आठौँ महाधिवेशन सम्पन्न गर्ने जानकारी दिइयो । माघभित्र आठौँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा गरिनेछ । पार्टी अध्यक्ष गोपाल किराँतीले ‘जनयुद्ध’को बाँकी कार्यभार पूरा गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लाग्ने बताए । अध्यक्ष किराँतीले विप्लब र वैद्य माओवादीसँग आठौँ महाधिवेशनपछि पार्टी एकता गरिने स्पष्ट पारे ।