आर्थिक

अब ग्लोबल आइएमई बैंकको शाखा बेथानचोकमा

काठमाण्डौ । । ग्लोबल आइएमई बैंकले आइतबार काभ्रे जिल्लाको बेथानचोकस्थित आफ्नो शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । काभ्रे जिल्लाको बेथानचोक र त्यस वरपरका बासिन्दालाई सेवा पु¥याउने उद्धेश्यले खोलिएको शाखाको माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले औपचारिक समुद्घाटन गरे । उक्त शाखाको औपचारिक समुद्घाटन गर्दै मन्त्री बाँस्कोटाले बेथानचोक लगायत देशका अन्य गाँउपालिकाहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनिय टेवा पुगेको बताए ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।शाखाउद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदैसबै वर्ग र क्षेत्रलाई बैंकिङ्ग पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्येश्य रहेको बताए ।