प्रदेश 2

मदन भण्डारी राजमार्ग रेखाङ्कनका लागि सहमति

लमही । दाङका चार स्थानीय तहले मदन भण्डारी राजमार्ग रेखाङ्कन तथा निर्माणका लागि सहमति गरेका छन् । तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका र बबई गाउँपालिकाले दाङमा पर्ने मदन भण्डारी राजमार्गको रेखाङ्कन तथा निर्माणका लागि आज सहमति गरेका हुन् ।

तुलसीपुरमा बसेको चार स्थानीय तहको बैठकले घोराही उपमहानगरपालिका–१७ डबरी ड्यामदेखि सालघारी, अम्मापुर, पिपलबोट, मसिना, फुर्सेखाली, सामुदायिक वन उपभोक्ता समितिको भवन हुँदै, राणी जरुवा, बाह्रकुने दह, आँँखा अस्पताल सडकहुँदै तुलसीपुर पु¥याउने सहमति भएको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिका–३ डाँडाखुट्टी, भट्टे, वडा नं–१ को भमके, देवीथान, छोटेसम्मको निर्माण तथा रेखाङ्कन गर्ने सहमति भएको छ ।

त्यस्तै शान्तिनगर गाउँपालिकामा बयाले, लालपुर, केराघारी, भलानेटी, रातिपोखरी, अम्बापुर, बगियासम्म सहमति भएको छ । त्यस्तै बबई गाउँपालिकाको गौरी गाउँ, सुन्दरखाल घट्टेखोला हुँदै सुर्खेत रोड जोड्ने गरी सहमति भएको हो ।

निर्माणको कार्यलाई छिटो अगाडि बढाउन भौतिक योजना तथा पूर्वाधार मन्त्रालय, प्रदेश सरकार तथा मदनभण्डारी राजमार्गको कार्यालयलाई ध्यानाकर्षण गराउने समेत निर्णय भएको छ ।