गण्डकी प्रदेश

सर्वाधिक राशिको फोटो प्रतियोगिताको नतिजा सार्वजनिक

बेझाड । कालीगण्डकी उपत्यकालार्ई चिनाउने सर्वाधिक राशिको फोटो प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ ।

फोटो प्रतियोगितामा प्रथम निर्मल शाही ठकुरीको स्याङ्जाको रामडाँडामा प्याराग्लाइडिङ उडाउँदै गरेको फोटो, द्वितीय हिमाल श्रेष्ठको कालीगण्डकी उपत्यका देखिने फोटो र तृतीय नवलपुर डेढगाउँकी श्यामकुमारी बिसीको अमिलो पेल्दै गरेकी महिलाको फोटो उत्कृष्ट भई पुरस्कृत हुन सफल भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई नगद क्रमशः ३० हजार, २० हजार र १० हजार पुरस्कार रहेको छ । भदौ २८ गतेदेखि शुरु भएको प्रतियोगिता कात्र्तिक २८ गते सम्पन्न भएको थियो । प्रतियोगितामा ९१ जनाको एक ७० तस्बीर सामेल भएका थिए ।

कालीगण्डकी खबर डटकमले आयोजना गरेको यस प्रतियोगितालाई कालीगण्डकी उपत्यका र सेरोफेरोलाई विश्वभर चिनाउनाका साथै त्यस क्षेत्रका प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ फोटो प्रतियोगिता आयोजना गरिएको कालीगण्डकी खबर डटकमका अध्यक्ष अर्जुन खनालले बताए।