खेलकुद

ईपीएल ; आज ललितपुर र भैरहवा एकआपसमा भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेटमा आइतबार एक खेल मात्रै हुदै छ।

त्रिवि क्रिकेट मैदानमा दिउँसो एक बजे हुने खेलमा ललितपुर प्याट्रियोट्स र भैरहवा ग्लाडियटरर्स भिड्ने छन्। जारी प्रतियोगितामा ललितपुर शीर्ष स्थानमा रहँदा भैरहवा दोस्रो स्थानमा छ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर र शरद भेषावकरको कप्तानीको भैरहवा दुबै खेल जित्दै क्वालीफायर राउण्डमा प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रने छन्। समान ४ खेल खेलेका दुबै टोलीले एक खेलमा हार र ३ खेलमा जित निकाल्दै ६ अ‌ंकका साथ तालिकाको शीर्ष र दोस्रो स्थानमा रहेका छन्।

विजयी हुने टिम शीर्ष स्थानमा रहँदै सिधै क्वालीफायर राउण्ड खेल्नेछ । क्वालीफायर राउण्डमा विजयी हुने टिम फाइनलमा पुग्दा पराजित हुने टिम एलिमिनेटर राउण्डमा खेल्ने छ।