प्रदेश 2

ट्याक्टरको ठक्करबाट वृद्धको मृत्यु

पर्सा । ट्याक्टरको ठक्करबाट शनिवार बेलुका एक वृद्धको मृत्यु भएको छ ।

मृत्युहुनेमा पर्सा बहुदरामाइ नगरपालिका –५ का ५५ वर्षीय धवन हजरा दुसाध रहेका छन् । नगरपालिकाको डोकैलाबाट शिबर्वातर्फ जाँदै गरेको ना १ त २७०७ नं को ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ट्याक्टर र त्यसका चालक बहुदरामाइ नगरपालिका–६ का इजहार मियालाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

उनले मृतक दुसाधको शव परिक्षणका लागि वीरगन्ज ल्याउने तयारी भइरहेको जानकारी दिए । घटना बारे थप अनुसन्धान भई रहेको पनि प्रहरीले जनाएको छ ।