राजनीति

निर्बाचनपछिको एकबर्ष खेर फाल्यौं, अब तुरुन्तै संगठन शुद्धीकरणमा लाग्नुको विकल्प छैनः नेता सिटौला

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्ण प्रसाद सिटौलाले एकबर्ष काँग्रेसले समय खेर फालेको आरोप लगाएका छन् । नेपाली काँग्रेसका पुर्बमहामनत्ती समेत रहेका नेता सिटौलाले अबको समय भने काँग्रेसका लागि चुनौतीपूर्ण भएकाले एक एक मीनट पनि हिसाब गरेर काँग्रेसले चल्न नसकेमा आगामी दिनमा काँग्रेसका लागि ठूलै चुनौती हुने दाबी गरेका छन् । नेता सिटौलाले आफूलाई जिल्ला भ्रमणका बेला गरेका सुझाब, सललाह र

असन्तुष्टीहरुलाई बैठकमा नै खुलस्त राख्न आग्रह गर्दै काँग्रेसमा भएको कृयाशील सदस्यको बिबाद वडाबाट नै टुंग्याउनुपर्ने बिचार ब्यक्त गरेका छन् । पार्टीले ६ महिनाभित्र अधिवेशन गर्ने सम्भाबना नरहेकोले तीनमहिनाभित्र अन्तरिम संरचना निर्माण गर्नुपर्ने नेता सिटौलाको जोड छ ।

सरकारको बारेमा कुरा गर्दा नेता सिटौलाले ओली सरकार बहुमतको भएपनि एक बर्ष नहुंदै नेपाली जनतामा आलोचित भएके बताएका छन् । उनले नेपाली जनताबाट मत पाएर बहुमत पाएपनि मतपाएपछि जनताको मतलाई सरकारले उपेक्षा गरेको आरोप लगाएका छन् ।